दफा २८०
भरपाई लिनु वा दिनु पर्ने

(१) अदालतमा दाखिल भएको कुनै सक्कल लिखत कुनै व्यक्तिलाई फिर्ता दिँदा वा अदालतबाट कुनै सक्कल लिखत कुनैव्यक्तिलाई बुझाउंँदा त्यस्तो लिखत फिर्ता लिएको वा बुझाएको व्यहोराको भरपाई वा निस्सा लिई मिसिल सामेलराख्नु पर्नेछ ।
(२) अदालतमा कुनै व्यक्तिले पेश गरेको कुनै सक्कल लिखत अदालतले बुझी लिँदा लिखतमा कुनै केरमेट भएको र लेखिएको भएत्यस्तो यथार्थ समेत खुलाई लिखत पेश गर्ने व्यक्तिलाई त्यसको भरपाई दिनु पर्नेछ ।